महिला हिंसा न्यूनिकरणमा बक्ताहरुको जोड

महिला हिंसा न्यूनिकरणमा बक्ताहरुको जोड

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार १२ गते मङ्गलबार ०६:३७

राजविराज– सप्तरीमा महिला हिंसा र बलात्कारका बढदै गर्दा राजविराजमा न्यायमा पहुँचका लागि सरोकारवालाहरुको भूमिका र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । महिला पुन ःस्थापना केन्द्र (ओरेक) लहान सिरहाको सहयोग...

राजविराज– सप्तरीमा महिला हिंसा र बलात्कारका बढदै गर्दा राजविराजमा न्यायमा पहुँचका लागि सरोकारवालाहरुको भूमिका र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

महिला पुन ःस्थापना केन्द्र (ओरेक) लहान सिरहाको सहयोग तथा महिला मानव अधिकार रक्षक संजाल सप्तरीको आयोजनामा भएको कार्यक्रमकामा वक्ताहरुले बढदै गएको महिला हिंसालाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांक अनुसार आ.व. २०७४÷०७५ फाल्नुण मसान्तसम्म जिल्लामा २१ वटा जबरजस्ती करणी र १० वटा जबरजस्ती करणी उद्योगका घटना जसमध्ये १८ जनालाई पक्राउ गरिएको छ भने अन्य आरोपीहरु फरार रहेको अवस्था छ । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । कार्यक्रममा सहभागीहरुले पिडक खुलेआम घुमिरहेकोले सरोकारवाला निकाय मौन रहेको टिप्पणी गरे ।
कार्यक्रममा बलात्कार र महिला हिंसा सम्बन्धी कानून समेत फित्तलो भएकोले अपराधीहरुलाई कुनै पनि घटना घटाउन कुनै किसिमको संकोच नलाग्ने देखिएको सहभागीहरुको जोड रहेको थियो ।
२०१७ को जनवरीदेखि डिसेम्बरसम्म एक वर्षको अवधिमा संकलन गरिएको घटनाहरुको तथ्यांक अनुसार सप्तरी जिल्लामा बलात्कारको १४ वटा, बलात्कारको प्रयासका ८ वटा, महिला हत्याका ४ वटा, घरेलु हिंसाका ३९ वटा, बोक्सीका आरोपमा २ वटा र बालिका अपहरण १ घटना भएको तथ्यांक इन्सेक मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरिएको छ ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राजविराज जनकपुर उच्च इजलासका न्यायाधीश बबिता उपे्रतीले जिल्लामा भइरहेको बालात्कार तथा महिला हिंसा जस्तो संवेदनशिल हिंसाप्रति अदालत गम्भिर रहेको बताए । उनले समाजमा घटेका घटनाहरुलाई प्रहरी द्वारा गरिएको अनुसन्धान फितलो भए न्यायलय चाहेर पनि पिडितलाई न्याय दिलाउन नसक्ने बताए ।
जस्तोसुकै दोपीलाई कानूनको दायराभित्र ल्याउनुपर्नेमा उने जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेश कुमार सिंह, मेजर रमेश कुमार बंजारा, नेपाली काँगेसका जिल्ल सचिव राम कुमार यादव, संघीय समाजवादी फोरमका अशोक यादव, राजपाका दिनेश यादव, कानून सहायता केन्द्रका रामप्रसाद गौतम, इन्सेक प्रनितिधि मनोहर कुमार पोखरेल, कान्तिपुर सम्वाददाता अबधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, राजविराज नगरपालिकका उपप्रमुख साधना झा लगायतका वक्ताले यस्ता घटना न्यूनिकरणका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । संजालका अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिता साहले कार्यपत्र प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ललिता साहले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

प्रकाशित मिति २०७५ असार १२ गते मङ्गलबार ०६:३७
प्रतिक्रिया दिनुहोस