बैदेशिक रोजगारीको शिलशिलामा पोर्चुगलमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा न १३ खौलालाँकुरीका धनबहादुर क्षेत्रीको परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजलेपहिलो चरणको सहयोग स्वरुप काजक्रियाको खर्चमा सहयोग पुग्ने बताउदै ५० हजार रुपँया हस्तातरण गरेको छ । पर्वत समाज ले ८औ दिनमा मृतक को घरमा पुगेर परिवारजन प्रति धर्य धारण गर्र्नै शतिm प्रदान गरुन भन्दै मृतक प्रति हार्दिक श्र्रदाँजली ब्यक्त गरेको पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले जानाकारी दिनु भएको हो ।
उक्त सभामा पत्रकार महांसघ पर्वतका अध्यक्ष सन्तोष थापा ,समाजका पुर्व बरिष्ठ उपाध्यक्ष परशुराम पौडेल, कोषाध्यक्ष तिलक सापकोटा ,रमेस जैसि, सेवक बिक ,राम प्रशाद बास्तोला ,रूद्र मनि लम्साल, राम शर्मा लगायतकाे घरमा नै पुगेर मृतक धनबहादुर क्षेत्रीका बाबु शेरबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।आगामि दिनमा पनि दिर्घकालीन सोच बनायर आवश्कता अनुसार परिवार प्रति समाजले सहयोग गर्नै समाजका अध्यक्ष गुण राज र्शमाले बताउनु भएको छ ।
अन्तराष्ट्रिय पर्वत समाजले मृतक क्षेत्रीको प्रदेशमा हत्या भएको हुदाँ निजको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै संस्थाको तर्फबाट परिवारलाइ दिर्घ कालिन सहयोग जुटाएर आर्थिक सहायता आगामि दिनमा पनि प्रदान गर्ने सधै परिवार प्रति रहिरहने अध्यक्ष गुण राज र्शमाले धौलागिरि मिडियालाई जानाकारी दिनुएको हो । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार नगरपालिका १२, पेल्काचौर, स्याङ्जाका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरि हत्या गरेका थिए ।
क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि क्रोएसिया हुँदै पोर्चुगल पुगेका थिए । उनीहरु दुबै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । मृतक क्षेत्रीको श्रीमती, १ छोरी र ३ छोेरा रहेका छन । आगामि दिनमा पनी परिवारको साथमा रहेर र्दिघकालीन सहयोगमा जुटिरहने समाजका उपाध्यक्ष तथा राहत सङ्कलन का संयोजक दधि आचार्य ले बताउनुभयो
प्रकाशित मिति २०८० मङ्सिर १७ गते आईतबार ०७:२७