हाँस्य कलाकार सुबोध गौतम (एकदुमे)लाई पितृशोक

हाँस्य कलाकार सुबोध गौतम (एकदुमे)लाई पितृशोक

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ५ गते सोमबार ०२:१९

  ओखलढुंगा, ५ असोज । नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशोक परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो । लामो समय देखि दम...

 

ओखलढुंगा, ५ असोज । नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशोक परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो ।

लामो समय देखि दम रोगको पिडित गौतमलाई थप समस्या भए पछि उपचारको लागी जिल्ला कै सामुदायिक मिशन अस्पताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्यमा केहि सुधार आए पछि २० दिन अघि घर लगिएको गौतमका परिवारले बताएका छन ।

करिव पन्ध्र बर्ष अघिदेखि हास्य क्षेत्रमा लागेका गौतमले हर्के हवलदार, भद्धगोल, सक्किगोनी लगाएत आधा दर्जन टेलिसिरियलमा अभिनय गरेका छन । गौतमले भद्धगोल र सक्किगोनिमा प्रयोग गरेको थेगो एकदुमसंगले हाल निक्कै चर्चामा छ ।

कलाकार गौतमको जन्म पिता शिव कुमार गौतम र आमा गोमा गौतमको कोखबाट २०४६ साल भदौ २ गतेका दिन ओखलढुंगाको कुन्तादेबिमा भएको खबर आजको समाचारपत्रले छापेको छ ।

 

प्रचण्डले नेकपामा गरिदिए यस्तो निर्णय, ओलीले मुन्टो हल्याए, नेकपाका नेता भने खुसी

 

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०२:१९
प्रतिक्रिया दिनुहोस