शिक्षा,स्वास्थ्यलाई हामीले बढी प्रथामिकता दिएका छौंं–वडाअध्यक्ष कर्माचार्य (भिडियो)

शिक्षा,स्वास्थ्यलाई हामीले बढी प्रथामिकता दिएका छौंं–वडाअध्यक्ष कर्माचार्य (भिडियो)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १८ गते आईतबार १२:५८

पर्वत । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन् र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग...

पर्वत । स्थानीय तहको निर्वाचन भएको झण्डै तीन वर्ष हुन लागि सक्यो । यो बेलासम्म स्थानीय तहले केके काम गरे ? के के काम गर्न बाँकी छन् र जनप्रतिधिहरुले चुनावको बेलामा गरेका प्रतिबद्धा केके पूरा गरे भन्नेबारेमा हामीले स्थानीय जनप्रतिनिधिसंग बुझ्ने प्रयास गरेका छौं ।

यसैबीच कुश्मा नगरपालिका ४ का वडा अध्यक्ष मिना कर्माचार्यसँग अहिलेसम्म भएका र हुन बाँकी काम र योजनाबारे जानकारी लिने प्रयास गरेका छौं । वडा नं ४ कुश्मा बजारभित्रै भएका कारण त्यहाँको प्रथामिकतामा शिक्षा, स्वास्थ्य, खानेपानी र महिला शशक्तिकरण परेको छ । बाटोघाटोको स्तरोन्नती आफ्नो ठाउँमा भइरहेको छ वडा अध्यक्ष कर्माचार्यले भनिन् ।

कुश्मा बजारमै भएका कारण त्यहाँको ढल व्यवस्थापन, सडकको स्तरोन्नती, एकिकृत कर संकलनमा जोड दिएको ,शिक्षा, कृषि क्षेत्रमा पनि काम गरेको उनले बताइन ।

कुश्मा बजारलाई उज्यालो शहर बनाउनको लागि सोलार प्यानलसहितको लाइटको व्यवस्था गरेर वडालाई उज्यालो सडक वडा बनाउन सफल भएको उनले बताइन ।

उक्त वडामा के कति काम भए त्यसको बारेमा वडा अध्यक्षकै शब्दमा बुझ्नको लागि यो भिडियो हेर्नुहोस

प्रकाशित मिति २०७७ असोज १८ गते आईतबार १२:५८
प्रतिक्रिया दिनुहोस