नियमित यौन सम्पर्क महिलामा उत्पन्न हुने किड्नी स्टोन समस्याको उपचारः अध्ययन

नियमित यौन सम्पर्क महिलामा उत्पन्न हुने किड्नी स्टोन समस्याको उपचारः अध्ययन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २४ गते शनिवार १२:०७

नियमित यौन सम्पर्क महिलामा उत्पन्न हुने किड्नी स्टोने समस्याको उपचार भएको नयाँ अध्ययनले बताएको छ। टर्कीको आभ्रास्य युनिभर्सिटीको अध्ययनमा नियमित यौन सम्पर्क गर्दा महिलामा हुने किड्नी स्टोनको समस्या निको हुने बताइएको छ। बेलायतमा...

नियमित यौन सम्पर्क महिलामा उत्पन्न हुने किड्नी स्टोने समस्याको उपचार भएको नयाँ अध्ययनले बताएको छ।

टर्कीको आभ्रास्य युनिभर्सिटीको अध्ययनमा नियमित यौन सम्पर्क गर्दा महिलामा हुने किड्नी स्टोनको समस्या निको हुने बताइएको छ।

बेलायतमा हरेक १० मध्ये १ जनामा किड्नी स्टोनको समस्या छ। यो स्टोन क्याल्सिमय सल्टबाट बनेको हुन्छ।

यो निकै पीडादायी हुन्छ जसले किड्नीमा इन्फेक्सन गराउनसक्छ। उपचार नगरिए यसले अंकभंग गर्नसक्छ।

अध्ययनकर्ताले ७० महिला जसमा किड्नी स्टोनको समस्या थियो, उनीहरुलाई अध्ययनमा समावेश गरेका थिए।

उनीहरुको मुत्रपथमा स्टोन थियो। ७० महिलामध्ये आधालाई हप्तामा ४ पटकसम्म यौन सम्पर्क गर्न भनिएको थियो भने अन्यलाई एक महिनासम्म यौन सम्पर्क नगर्न भनिएको थियो।

अध्ययनमा यौन सम्पर्क गर्नेमध्ये ८० प्रतिशतको स्टोनको समस्या निको भएको थियो। जसलाई यौन सम्पर्क नगर्न भनिएको थियो, उनीहरुको समस्या यथावत थियो। द सन

Why do you get a Kidney Stone and what are the curative measures?

प्रकाशित मिति २०७७ असोज २४ गते शनिवार १२:०७
प्रतिक्रिया दिनुहोस