पर्वत जलजला गाउँपालिकाले बिहीबार बिहान ८ बजे मालढुङ्गामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई तत्कालकालागि १५ हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।गाउँपालिकाले मृतकका परिवारलाई १५ हजार र गम्भीर घाईतेहरूको उपचारका लागि ५ हजार रूपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।जलजला गाउँपालिकाभित्रका पीडित परिवारलाई सहानुभूति स्वरूप सानो सहयोग गर्ने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्लले बताउनु भयो ।दुर्घटनामा जलजला गाउँपालिकाका मात्रै ४ जनाको मृत्यु भएको थियो ।भने एकदर्जन बढि घाईते भएका छन् ।जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विज्ञप्ती प्रकाशन गरि घटनाप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।अध्यक्ष मल्लले मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।बताउनु भएको छ आपत बिपत थाहा दिएर नआउने बताउदै घाइते लाई स्वास्थ लाभको कामना गर्दै मृत्यु भएकाहरुलाई श्र्रदाञ्जली ब्यत्त र्गनु भएको छ।
प्रकाशित मिति २०७५ माघ ४ गते शुक्रबार १०:३१