अघन्धर तिवारि, शिक्षक संघ कुश्माको छैठौं साधारणसभानेपाल शिक्षक संघ कुश्माको छैठौं साधारणसभा एवं सम्मान कार्यक्रम शनिबार कुश्मामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल शिक्षक संघ कुश्माले...
अघन्धर तिवारि, शिक्षक संघ कुश्माको छैठौं साधारणसभानेपाल शिक्षक संघ कुश्माको छैठौं साधारणसभा एवं सम्मान कार्यक्रम शनिबार कुश्मामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल शिक्षक संघ कुश्माले आफ्नो पछिल्लो कार्यकालको दुई वर्षमा करिव डेढ दर्जनबढी सामाजिक काम गरेको कार्यक्रमका अवसरमा संघका अध्यक्ष मिम शर्मा लामिछानेले बताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले भविश्यमा देश बनाउने जनशक्ति उत्पादन गर्ने र मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेको हुँदा भविश्यमा कस्तो मुलुक बनाउने भन्ने जिम्मा शिक्षककै हातमा हुने बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षक र शैक्षिक क्षेत्रमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुहुँदै त्यसका लागि शिक्षकहरु जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । मुलुकका हरेक परिवर्तनमा शिक्षकले खेलेको भूमिकाको उच्च कदर गर्दै नगरप्रमुख जोशीले शिक्षक पनि राजनीतिक प्राणि नै भएकोले पार्टीको झण्डा बोकेर नभई शैक्षिक विकासका क्षेत्रमा शिक्षकले गर्ने राजनीतिलाई पार्टीगत राजनीतिसंग जोड्न नहुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेस सदस्य एवं कुश्मा नगरपालिकाकी संस्थापक नगर उपप्रमुख सिता काफ्ले लामिछाने, नेपाली कांग्रृेस पर्वतका उपसभापति डा. चुडामणी शर्मा, नेपाल रेडक्रस सोसाइटीका सभापति रुद्र रिमाल, नेपाल शिक्षक संंघ गण्डकी प्रदेशका उपमाहासचिव बिष्णु शर्मा, नेपाल शिक्षक संघ फलेवासका अध्यक्ष पुर्णप्रसाद श्रेष्ठ लगायतले बोल्नुभएको थियो । शिक्षक संघ अध्यक्ष मिम प्रसाद लामिछानेले हरेक सामाजिक सुधार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने शिक्षकले नयाँनयाँ काम गर्नुपर्ने बताउँदै नेपाल शिक्षक संघ कुश्मामा आवद्ध शिक्षकहरुलाई मृत्यूपश्चात अंगदानको प्रस्ताव गर्दै आफुले त्यसको शुरुआत गर्ने बताउनुभयो । अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कमला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव महेन्द्र जोशी र इन्द्र प्रसाद अधिकारीले गर्नुभएको थियो ।
सोहि कार्यक्रमका अवसरमा नगरभरिका उत्कृष्ठ शिक्षकका रुपमा सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक केशव तिवारी, पञ्चकोशी माध्यमिक विद्यालयका शिक्षक ऋषिराम शर्मा र सुर्योदय आधारभुत विद्यालयका शिक्षक होमनाथ भट्टलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । साथै बिभिन्न समयमा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटीका सभापति रुद्रबहादुर रिमाललाई समेत सम्मान गरिएको थियो ।