राधाचन्द्र स्मृति प्रतिष्ठानको 17 औं स्मृति दिवस, विविध सामाजिक कार्यक्रम गरी सम्पन्न

राधाचन्द्र स्मृति प्रतिष्ठानको 17 औं स्मृति दिवस, विविध सामाजिक कार्यक्रम गरी सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ फाल्गुण ११ गते आईतबार ०४:३७

राधा चन्द्र स्मृती प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङ्गको सत्रौ स्मृति दिवस शनिवार सम्पन्न भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै...

राधा चन्द्र स्मृती प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङ्गको सत्रौ स्मृति दिवस शनिवार सम्पन्न भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङ्गले मुलुकलाई आर्थिक समृद्घि नभए विकास निर्माण गरेर मात्र जनताका चाहाना पुरा हुन नसक्ने बताउदै नागरिकलाई खुसि र सुखि बनाउनका लागि आर्थिक समृद्घि नहुने बताउदै युवा पुस्तालाई पलायन हुन रोक्न नसकिने बताउदै मन्त्री गुरुङ्गले सरकारले प्रदेश सरकारलाई पुर्ण अधिकार दिनु पर्नै जोड दिनु भएको हो ।

कार्यक्रमा पुर्व सांसद लालकाजी गुरुङ्ग, कुस्मा नगरपालिका नगरप्रमुख रामचन्द्र जोशी , राप्रपाका गण्डगी प्रदेश सदस्य इच्छाबहादुर गुरुङ्ग, नेपाली कांग्रशेका गण्डकी प्रदेक कार्यसम्पादन समितिका सदस्य सिता काफ्रले लामिछाने गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल , नेपाली काँग्रेश पर्वतका उपसभापति डा चुडामणी र्शमा , राधाचन्द्र स्मृती प्रतिष्ठान नेपालका प्रमुख संरक्षक नवराज गुरुङ्ग , नेकपा माओवादी केन्द्र कुस्मा नगरकमिटिका अध्यक्ष मिन राज केसि कुश्मा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेजप्रशाद पाध्या , नेष्डोनेपालका कार्यकारी प्रमुख तथा नेपालि काँग्रेश पर्वतका पुर्व सचिव बिस्व प्रकाश प्रसाई । नेपाल पत्रकार महाँसंग पर्वतका अध्यक्ष लक्ष्ुामण सापकोटा , पुर्व जिविस सभापति रामर्शमा पौडेल , लगायत ले सुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राधादेबि र चन्द्रबहादुरको जीवनीका बारेमा समाज सेवी शंकर गुरुङ्गले बताउनु भएको थियो । कार्यक्रमा
पत्रकार महासंघका अध्यक्ष लक्ष्ुामण सापकोटा लाई प्रशंसा पत्रले सम्मान तथा , बिष्णु सापकोटा , गणेश पौडेल ,नगद सहित सम्मान गरिएको थियो भने संस्थाको तर्फबाट नेष्डो नेपालका संस्थापक बिस्वप्रकाश प्रसाई , आन्नद गुम्बाका अध्यक्ष टेकबहादुर गुरुङ्ग लाई प्रसंसा पत्रले सम्मान गरिएको थियो भने कार्यक्रमा एकल महिला आमा समुह ,लाई पनि आर्थिक सहयोग गरिएको हो ।

हरेक बर्ष यसरीनै सहयोग तथा सम्मान गरेर स्मृती मनाउदै आएको र आगामि दिनमा पनि अझैबढि सहयोग र साथ दिने प्रमुख संरक्षक नवराज गुरुङ्गले बताउनु भएको छ ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षता स्वागत प्रतिष्ठानका सह सचीव प्रितम गुरुङ र संचालन सचीव उत्तम अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुण ११ गते आईतबार ०४:३७
प्रतिक्रिया दिनुहोस