पर्वत । कुश्मका नगरपालिका ७ खरेहामा रहेको होमस्टेले दशै तिहारलाई लक्षित गरी झिनियाँ उत्पादन गर्न थालेको छ । खरेहामा रहेको सामुदायिक होमस्टेले चाडपर्व लक्षित गरी स्थानीय खाद्यवस्तुको प्रयोग गरी झिनियाँ उत्पादन गरेको हो
दशै तिहारमा झिनियाँलाई महत्व दिइने र यसको प्रयोग हुन भएका कारण उत्पादन गर्न लागेको खरेहा सामुदायिक होमस्टेले जनाएको छ ।
कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले होमस्टेले झिनियाँको व्यवसायीक उत्पादन शुरु गरेर राम्रो काम गरेको बताए ।
प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ११:२९