पर्वतको जलजला गाउँपालिका हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट

पर्वतको जलजला गाउँपालिका  हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० चैत १९ गते सोमबार ०२:४४

  पर्वतको जलजला गाउँपालिका   हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट घोषित हुँदै पुरष्कृत भएको  छ ।  हात्तिपाइले रोग नियन्त्रणको लागि  गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान...

  पर्वतको जलजला गाउँपालिका   हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट घोषित हुँदै पुरष्कृत भएको  छ ।  हात्तिपाइले रोग नियन्त्रणको लागि  गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पएको हो ।

आर्थिक वर्ष २०७९/०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको “राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान” लाई सफल पार्नको लागि गाउँपालिकाले खेलेको भूमिका महत्वपूण रहेको भन्दै नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादबले गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यलाई सम्मान गर्नुभएको हो  ।

“राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान” को मूल्याङ्कन विश्व स्वास्थ्य सङ्गठनले गरेको थियो। सोही मूल्याङ्कन अनुसार जलजलाले उत्कृष्ट भूमिका निर्वाह गरेपछि आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो। मन्त्रालयबाट सम्मान पाएपछि खुसी व्यक्त गर्दै अध्यक्ष आचार्यले अभियानलाई उत्कृष्टताका साथ सफल बनाउन अहोरात्र खटेका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय पर्वत र गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयं सेवीका लगायतप्रति आभार प्रकट गर्नुभएको छ ।
राष्ट्रिय रुपमा भएको मूल्याङ्‌नले आगामी दिनमा पनि यस्ता अभियानमा थप उत्साहका साथ लाग्न र नेपाल सरकारले लिएका लक्ष्य पूरा गर्न थप जिम्मेवारीको बोध भएको उउहाँले बताउनुभयो ।

 

प्रकाशित मिति २०८० चैत १९ गते सोमबार ०२:४४
प्रतिक्रिया दिनुहोस