गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ।
अनिल कृष्ण मानन्धरले निर्देशन गरेका सो भिडिओमा गायक गिरी र मोडल सदिक्षा क्षेत्रीले अभिनय गरेका छन्।तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा सो भिडिओ तयार पारिएको छ।
भिडिओमा प्रेमील जोडीले आफ्नो वैशालु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरूलाई समेटिएको छ।गायक गिरीले रचना गरेका गीतमा मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको छ।भिडिओ गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो।
प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार ०१:१२