कुस्मा नगरपालिका वार्ड नम्वर ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले यो महामारीको समयमा साँझ विहान श्रम नगरी चुल्हो वाल्न धौ हुनेहरुलाई कुनैपनी समस्या परे सहयोग गर्न तयार रहेको वताएका छन् । उनले विश्वभरी फैलिरहेको कोरोनाका कारण सरकारले लकडाउन गरिरहेको परिस्थितीमा विहान वेलुकी हातमुख जोर्न धौ हुने, ज्याला मजदुरी नगरी चुल्हो नवल्ने तथा कुनैपनी आय नभएका श्रमजीवी वर्गमा कुनै समस्या भए आफु एवं वडा कार्यलयले सक्दो सहयोग गर्न तयार रहेको वताए ।

आफु श्रमजिवी वर्गको वडा अध्यक्ष तथा जनप्रतिनिधीको हैसियतले खाद्य सुरक्षाको ग्यारेन्टीको जिम्मा आफुले लिने भन्दै आफ्नो वडाभित्र कोही कसैलाई समस्या भए सम्पर्क गर्न आग्रह गरे । यो विकराल परिस्थितीको सामना गर्न तथा कोरोना भाईरसवाट जोगिन र जोगाउनका लागि अत्यावश्यक काम वाहेक वडावासीहरु घरवाट वाहिर ननिस्कन आग्रह गर्दै पौडेलले कुनैपनी समस्या भए ९५७६३०६१२ मा सम्पर्क गर्न आग्रह गरे । वडावासीहरुलाई घरमै रहेर आफु र आफ्नो परिवारको ख्याल गर्न,सरसफाईमा ध्यान दिन तथा माक्स र पन्जा र सेनिटाईजरको प्रयोग गर्न अनुरोध गरेका छन् ।

वडामा सर्तकताका लागि टोल विकास संस्थाहरु मार्फत विभिन्न ठाउँहरुमा सावुन पानीले हात धुने व्यवस्था गरिएको छ । यसैगरी ८ वटा संस्थामार्फत जनचेतना कार्यक्रम र पर्चा पम्लेट वितरण कार्यक्रम सम्पन्न गरिएको छ । यसैगरी वडावासीहरुलाई हात धुन सिकाउनुका साथै २१ सदस्यिय कोरोना विपत व्यवस्थापन समितीको गठन समेत गठन गरिएको छ । वडावासीहरुलाई कुनैपनी समस्या परे विपत व्यवस्थापन समितीको जो कोहीलाई सम्पर्क गर्न वार्ड कार्यलयले आग्रह गरेको छ ।
प्रकाशित मिति २०७६ चैत १२ गते बुधबार ०९:३६