राष्ट्रकवि माधव घिमिरेसंग लिएको अति दुर्लभ अन्तिम अन्तरवार्ता

राष्ट्रकवि माधव घिमिरेसंग लिएको अति दुर्लभ अन्तिम अन्तरवार्ता

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०२:४४

राम्रो लगाउन र मीठो खान दसैँ कुर्नुपर्थ्याे: राष्ट्रकवि प्रेम गाैतम पहिला–पहिला कहिले दसैँ आउला र मासु खान पाइएला, नयाँ लुगा फेरौँला भन्ने लाग्थ्यो । त्यो वेलामा अघिपछि खसीबोका काटेर खाने चलन थिएन । नयाँ कपडा लगाउन पनि धौधौ हुन्थ्यो,...

राम्रो लगाउन र मीठो खान दसैँ कुर्नुपर्थ्याे: राष्ट्रकवि

प्रेम गाैतम
पहिला–पहिला कहिले दसैँ आउला र मासु खान पाइएला, नयाँ लुगा फेरौँला भन्ने लाग्थ्यो । त्यो वेलामा अघिपछि खसीबोका काटेर खाने चलन थिएन । नयाँ कपडा लगाउन पनि धौधौ हुन्थ्यो, त्यसका लागि दसैँ नै कुर्नुपथ्र्यो । पहिले वर्ष दिन नभई कपडा फेरिँदैनथ्यो ।

अहिले धेरै कुरामा परिवर्तन भइसकेको छ । हप्तैपिच्छे कपडा फेर्ने स्थिति आएको छ । सिलाई राख्नु पनि नपर्ने, रेडिमेट नै पाइन्छ । नयाँ–नयाँ फेसन आएको छ । अहिले त छान्दा मात्र हुन्छ । अहिले नयाँ लुगा लगाउने, मासु खाने मोह छैन । पहिलेको सबैभन्दा मीठो खाना भनेको मासु हो । त्यसपछि सेलरोटी हो । त्यतिवेला पहाडमा मासु खान दसैँ पर्खनुपथ्र्यो ।

 

तर, अहिले त छाकैपिच्छे पनि खान्छन् । बजारमा निस्कियो भने आफूलाई चाहेको कुरा सहजै पाइन्छ। दसैँमा लाउने, खानेबाहेक कलात्मक कुरा पनि छन् । चाडबाड लागेपछि बजाइने बाजाहरू, दसैँमा गाइने मालश्री र तिहारमा गाइने देउसी–भैलोको सांस्कृतिक महत्व छ । आफ्नो संस्कृतिमा ती बाजागाजा, वेशभूषाको अलग–अलग महत्वव छ ।

पहिला–पहिला चिउराको धेरै महत्व थियो । दसैँमा टीका लगाउन मामाघर, माइतीतिर जाँदा कोसेलीस्वरूप चिउरा पनि दिइन्थ्यो । मानिसहरू टीका लगाउन पटुका गुथेर जान्थे । अनि नखाएकोचाहिँ त्यही पटुकामा हालेर ल्याउँथे ।

नयाँ कपडा हालिदिएपछि गाउँगाउँमा देखाउँदै हिड्थ्यौँ–कतिको राम्रो रहेछ भनेर । कसैले राम्रो छ भनिदियो भने दंग पर्‍यो, कसैले राम्रो छैन भन्यो भने खिन्न भइन्थ्यो । सबैभन्दा ठूलो कुरा आफूभन्दा ठूला मान्छेको हातबाट आसिक माग्ने थियो । त्यो हाम्रो बाल्यकालमा रमाइलो थियो ।

जमिन छाड्न पिङ खेलिन्थ्यो

त्यतिवेला वर्षमा एकपटक धर्ती छाड्नुपर्छ भनेर पिङ खेल्ने गरिन्थ्यो । दसैँ आएपछि ठाउँठाउँमा पिङ हालिन्थ्यो । पिङमा विशेष किसिमको आनन्द प्राप्त हुन्थ्यो । सामूहिक रूपमा पिङ हाल्ने अनि सामूहिक रूपमा नै रमाइलो गर्ने गरिन्थ्यो । नयाँ पुस्ताले त्यसको महत्व बुझेका छैनन् ।

परदेशी गाउँ आउँदाको माहोल

परदेशमा भएका मानिसहरू बिदा लिएर पनि दसैँमा मान्यजनको हातबाट टीका लगाउन आउँथे । काम विशेषले घरबाट बाहिर पुगेकाहरू दसैँको मौकामा सबै जम्मा हुँदा माहोल नै अर्कै हुन्थ्यो । एकै ठाउँमा जम्मा भएर दसैँ मनाउँदा परिवारका सदस्यको पुनर्मिलन हुन्थ्यो ।

त्यतिवेला प्रत्येक वर्ष दसैँ कहिले आउला भनेर पर्खिने अवस्था थियो । मान्छेको मनभित्र बसेको चाड हो दसैँ । सयपत्री फूल फुलेको, आकाश खुलेको, धान झुलेको कस्तो रमाइलो चाड । यो चाड नेपालका जातिहरूले फरक–फरक ढंगले मनाउने र कुनैले मनाउँदै नमनाउने पनि छ । कुनैले कुनै विशेष रूपमा मनाउने, कसैले पशु बलि दिएर मनाउने, कसैले कुभिन्डोको बलि दिएर मनाउने गर्छन्।

कसैले अष्टमीको दिनमा खसी काट्छन्, कसैले सप्तमीको दिनमै । फरक–फरक ढंगले दसैँ मनाउने गरिएको छ । अब त्यो संस्कृति फेर्नुपर्छ भन्ने कुरा पनि आएको छ । तर, त्यो तुरुन्त फेरेर फेरिन्न । हजारौँ वर्षदेखि चल्दै आएको संस्कृति दुई वर्षमा फेर्छु भनेर फेरिँदैन ।

पहिला दसैँमा जाँड–रक्सीजस्ता पदार्थ थिएनन् । तर, अहिले यस्ता कुराले प्रश्रय पाइरहेका छन् । यसो गर्दा मानिस ठूलो भएँ भन्ने ठान्छन्, तर त्यस्तो होइन । त्यसले चाडपर्वको महत्वलाई घटाएको हुन्छ । हामीले आफ्नो चाडपर्वको महत्वलाई लोप हुन दनुहुँदैन ।
दक्षिणा खर्च गर्ने ठाउँ थिएन

बाल्यकालमा मामाघर जाँदा पाँच पैसासम्म दक्षिणा पाएको छु । त्यति पैसा पाउँदा पनि धेरै पाइयो जस्तो लाग्थ्यो । तर, दक्षिणा पाएर पनि के गर्नु, खर्च गर्ने ठाउँ नै थिएन । त्यसैले जोगाएर राखिन्थ्यो । खर्च गरे पनि एक पैसाले धेरै चिज आउँथ्यो । तर, पछिल्लो समय खर्च गर्ने ठाउँ पर्याप्त छन् । कतिपय कारणले दसैँको महत्व पनि घटाएको छ ।

पहिला दसैँमा जाँड–रक्सीजस्ता पदार्थ थिएनन् । तर, अहिले यस्ता कुराले प्रश्रय पाइरहेका छन् । यसो गर्दा मानिस ठूलो भएँ भन्ने ठान्छन्, तर त्यस्तो होइन । त्यसले चाडपर्वको महत्वलाई घटाएको हुन्छ । हामीले आफ्नो चाडपर्वको महत्वलाई लोप हुन दिनुहुँदैन ।

दसैँका लागि फागुनदेखि नै भेडापालन

दसैँका लागि फागुनदेखि नै भेडा पाल्ने गरिन्थ्यो । भेडालाई खोरमा राखेपछि कहिल्यै पनि नझिक्ने, दसैँमा मात्र निकालेर मार हान्ने गरिन्थ्यो । सबैभन्दा ठूलो फुर्ती हाम्रो भेडाको बोसो कति आयो भन्नेमा हुन्थ्यो । अर्को मार हान्ने ।

एकै चोटमा सजिलै छिन्यो कि छिनेन भनेर गाउँभरि हल्ला हुन्थ्यो । बोका, खसी, भेडा जे होस् अक्षता हालेर पूजा गर्ने, त्यति गर्दा पनि मानेन भने कानमा पानी हाल्ने गरिन्थ्यो । पर्सेपछि मान्यो भनेर मार हाल्ने गरिन्थ्यो ।

भेडासँगै मान्छेको मन पनि काटिन्थ्यो

जसले सानो पाठोदेखि भेडा पालेको छ, त्यो भेडालाई काटेपछि घरभरि मासु हुन्थ्यो । अँगेनाको माथि झुन्ड्याएर राखिएको हुन्थ्यो । मासु भुटेको छ, सबैले स्वाद मानेर खाएका छन् । जुन बच्चाले त्यो भेडा चरायो, त्यो भेडो काटिएकोमा उसको मन पनि काटिन्थ्यो । मासु खाने भए पनि उसलाई त्यो भेडाको मासु खान मन लाग्दैनथ्यो । त्यस्तो एउटा अद्भूत किसिमको मनोभावना पनि कहिलेकाहीँ देखिन्थ्यो ।

अब के गर्ने ?

अब गर्नुपर्ने के छ भने–दसैँ मनाउने तरिका फरक छ भने त्यसलाई उत्सवको रूपमा लिने । कुन भेगको दसैँ कति रमाइलो हुन्छ, कुन भेगको दसैँ कुन रमाइलो हुन्छ, त्यो हेर्ने र नचाइँदो जुन संस्कृति हो, त्यसलाई बिस्तारै फेर्नुपर्छ, जस्तो बढी रक्तपात । तर, सबै मिलेर टीका लगाउने, गाउने, पिङ खेल्ने र रमाइलो गर्ने गर्नुपर्छ । सबै मिलेर रमाइलो गर्न पनि जान्नुपर्छ ।

रमाइलो गरेर संस्कृति बचाउँदै अगाडि बढिएन भने अबको युग यान्त्रीकरण हुन्छ । त्यस हुनाले मेरो भनाइ के छ भने नेपालीहरूको दसैँ मनाउने, रमाइलो गर्ने जो चलन छ, त्योचाहिँ कायमै रहोस् । भिन्न–भिन्न भेटको, भिन्न–भिन्न जातको फरक छ भने एउटाले अर्काको दसैँ मनाएकोलाई निन्दा नगर्ने, रमाइलो हेर्दै जाने, सबै मिलेर दसैँ मनाउने गर्नुपर्छ ।

नेपालीको सबैभन्दा ठूलो परिचय भनेको मिलेर बस्नु हो । मेलामा जाँदा पनि गीत गाउने, चाडबाडमा भेट हुने हाम्रो चलन छ । त्यो कायम होस् । यो संस्कृतिको पालना होस् । केही खराब चिज छन् भने (मदिरापान इत्यादि) हट्दै जाओस् ।

-नयाँ पत्रिकाबाट

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०२:४४
प्रतिक्रिया दिनुहोस