पहिरोले बागलुङमा पाँच घर विस्थापित : सडक अवरुद्ध

पहिरोले बागलुङमा पाँच घर विस्थापित : सडक अवरुद्ध

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार १ गते मङ्गलबार १०:३१

वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सदरमुकाम...

वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्। काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो। जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए।

सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन्। सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ। वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ। कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अवरुद्ध गरेको छ। बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ।

प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार १०:३१
प्रतिक्रिया दिनुहोस
सेतीवेणी बजार डुब्दा १० घर विस्थापित

सेतीवेणी बजार डुब्दा १० घर विस्थापित
२०७८ असार १ गते मङ्गलबार १०:४१

म्याग्दीको बरंजामा धान रोप्ने चटारो

म्याग्दीको बरंजामा धान रोप्ने चटारो
२०७८ जेठ ११ गते मङ्गलबार ०८:३५

झस्किरहन्छन् सम्झनाका बहिनीहरू

झस्किरहन्छन् सम्झनाका बहिनीहरू
२०७७ मङ्सिर १९ गते शुक्रबार ०१:४८