
पर्वत रलागु औषध दुब्र्यसनीको संख्या बढ्दै गएपछि पर्वत प्रहरीले स्टेपिङ्ग अपरेशन शुरु गरेको छ ।पर्वतमा लागु औषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि स्टेपिङ्ग अपरेशन शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठुलो सफलता प्राप्त गरेको दाबी गरेको छ ।पर्वत प्रहरीले गएको साउन यता ९ वटा लागु औषध मुद्दा दर्ता गरेको हो । पर्वतमा गएको आर्थिक बर्ष २०७४÷०७५ मा जम्मा २ वटा र ०७३÷०७४ मा एउटा मात्रै लागु औषध सम्बन्धी मुद्दा दर्ता गरेको थियो । तर साउन यता भने भदौ महिनामा एउटा, कार्तिक र मंसिरमा ३, ३ वटा मुद्दा दर्ता गरेको छ भने पौषमा २ वटा मुद्दा दर्ता भैसकेका छन । दुब्र्यसनी बढ्दै गएपनि प्रहरीले खासै ध्यान दिन नसकेको देखिएपछि स्क्यानिङ्ग गर्दा समस्या जटिल भएको भेटिएको नायब उपरिक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।
दुब्र्यसनमा फस्नेहरुमा बढी जनजातिका र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ । तथ्याँकमै हेर्दा पनि गएका तीन बर्षमा २ जना महिला र २१ जना पुरुष दुब्र्यसनी पक्राउ परेका छन । यसले गर्दा महिलाहरु पनि क्रमशः दुब्र्यसनमा फस्दै गएका छन भन्ने देखिन्छ । जातका आधारमा बाहुन क्षेत्री २ जना, जनजाति ९ जना, दलित ३ जना र अन्य २ जना छन । लागु औषधमा सबैभन्दा बढी २० बर्ष माथिका युवायुवती फसेको देखिन्छ । १८ बर्ष भन्दा कम उमेरका १ जना मात्रै छन । ३० बर्ष मुनिका १५ जना भेटिएका छन भने ३० माथिका १ जना मात्रै छन । बढी अशिक्षीत युवायुवती यसमा फसेका छन । ८ कक्षा भन्दा कम पढेका १४ जना र त्यसमाथि १२ सम्म पढ्ने ८ जना देखिन्छ।
अघिल्ला बर्षहरुको मुद्दा हेर्दा पर्वतमा लागु औषधको खासै समस्या छैन जस्तो लागेको थियो प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले भन्नुभयो समुदायमा पुग्दा भित्रभित्रै भुसको आगो जस्तो फैलिएको भेटेपछि स्टेपिङ्ग अपरेशन शुरु ग¥यौ । जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरुले खरिद गर्ने ठाउँ र सेवन गर्ने साथी देखि छिमेकी बागलुङ्ग र म्याग्दी समेत पुगेर दुब्र्यसनीहरु पक्राउ गर्न प्रहरी सफल भएको उहाँको भनाई छ ।
पर्वतमा सानो परिणाममा लागु औषध बागलुङ्गबाट भित्र्याउने गरेका छन भने अलि ठुलो परिणाम पोखराबाट र सुनौली सम्म समेत पुगेर खरिद हुँदै आएको प्रहरीले जनाएको छ । अभियानका क्रममा प्रहरीले गाँजा र चरेस बढी सेवनकर्ताहरुलाई पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेट समेत समातेको छ । लागु औषधका प्रयोगकर्ताहरु बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन । अन्य पालिकाहरुबाट भने अहिले सम्म एक जना पनि दुब्र्यसनी पक्रेको देखिदैन । दुब्र्यसनमा फस्नेहरुमा बढी जनजातिका र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ ।
युवा र बिद्यार्थी दुब्र्यसनमा फस्न थालेपछि अपरेशन संगसंगै प्रहरीले जनचेतना जगाउने अभियान पनि थालेको छ । पर्वतका सबै बिद्यालयमा पुगेर लागु औषधका बिरुद्ध बिद्यार्थीहरुमा सचेतना कक्षा सञ्चालन गरिएको र अभिभावकका बिचमा समेत सचेतना कक्षाहरु सञ्चालन भैरहेको प्रहरी नायब उपरिक्षक तिवारीले जानकारी दिनुभयो । सेवनकर्तालाई पक्राउ गर्ने र जनचेतना समेत संगसंगै लगेपछि दुब्र्यसनमा कमि आउने बिश्वास लिएको प्रनाउ तिवारीको भनाई छ ।
प्रकाशित मिति २०७५ माघ २ गते बुधबार १२:०२