सन्जय दत्तजस्तै देखिने बाटिस्टी बोलिभियामा पक्राउ परे

सन्जय दत्तजस्तै देखिने बाटिस्टी बोलिभियामा पक्राउ परे

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ६ गते आईतबार ०९:३६

भारतीय अभिनेता सन्जय दत्तजस्तै देखिने ६४ वर्षिय सिजर बाटिस्टी बोलिभियामा पक्राउ परेका छन्। इटालीका बाटिस्टीलाई सन् १९७० को दशकमा चार जनाको हत्याको आरोप लागेको थियो। त्यसबेला उनी कम्युनिस्ट लडाकु थिए। उनले त्यस आरोपको खण्डन...

भारतीय अभिनेता सन्जय दत्तजस्तै देखिने ६४ वर्षिय सिजर बाटिस्टी बोलिभियामा पक्राउ परेका छन्।

इटालीका बाटिस्टीलाई सन् १९७० को दशकमा चार जनाको हत्याको आरोप लागेको थियो।

त्यसबेला उनी कम्युनिस्ट लडाकु थिए। उनले त्यस आरोपको खण्डन गरेका थिए। त्यसपछि बाटिस्टी ब्राजिलमा भागरे शरणार्थी जीवन बिताउँदै आएका थिए।

बाटिस्टीले ब्राजिलमा रहँदा त्यहाँको पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा शिल्भाको सहयोगीको रुपमा काम गरे।

तर जब गत जनवरीमा ब्राजिलले नयाँ राष्ट्रपति पायो बाटिस्टीलाई पक्राउ गर्न नयाँ राष्ट्रपति जायर बोल्सोनारोले निर्देशन दिए।

डिसेम्बर देखिनै बाटिस्टी विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो। लामो समयको प्रयासपछि बाटिस्टीलाई बोलिभियाका प्रहरीले पक्राउ गरेको हो।

उनलाई इटालिएन सरकारले स्वदेश फर्किए मृत्युदण्ड दिने बताइसकेको छ। उनी विरुद्ध हत्या लगायतका अपराधको मुद्धा लागेको छ। एजेन्सी

प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०९:३६
प्रतिक्रिया दिनुहोस