२१ तोला अवैध सुन र दुई लाख भारुसहित एक जना पक्राउ

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ २७ गते सोमबार ०६:२६

स्रोत नखुलेको २१ तोला सुन र भारु नोटसहित एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।स्याङ्जा आँधीखोला नगरपालिका वार्ड नं.६ स्थायी ठेगाना बताउने अन्दाजी ४५ वर्षाक भीमबहादुर भाट क्षेत्रीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो...

स्रोत नखुलेको २१ तोला सुन र भारु नोटसहित एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।स्याङ्जा आँधीखोला नगरपालिका वार्ड नं.६ स्थायी ठेगाना बताउने अन्दाजी ४५ वर्षाक भीमबहादुर भाट क्षेत्रीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।बुटवलको बसपार्कमा शुक्रबार पक्राउ परेका क्षेत्रीबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनपछि जानकारी गराएको हो ।

 

क्षेत्रीले भारतको मुम्बइबाट २१ तोला सुनको ढिक्कासहित एक केजी ९४ ग्राम चांदीको ढिक्का र ५ तोला तौलका तीन थान चाँदीका सिक्का बरामद गरेको छ ।क्षेत्रीको साथबाट नेपालमा प्रतिबन्धित दुई हजार दरका भारतीय नोट ४० थान, पाँच सय दरका नोट ३ सय ६० थान, दुई सय दरका नोट एक थान, एक सय दरका नोट ९ थान र ५० दरका नोट १२ थान गरी २ लाख ६१ हजार सात सय भारतीय रुपैयाँ,  मोवाइल ४ थान, विभिन्न ब्राण्डका घडी ६ थान बरामद गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । क्षेत्रीमाथि राजस्वसम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाई अनुसन्धान भइरहेको बताए ।

 

प्रकाशित मिति २०७६ जेठ २७ गते सोमबार ०६:२६
प्रतिक्रिया दिनुहोस