पर्वत जिल्ला अस्पतालमा लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना तथा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना गरी हिँसा प्रभावितहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेबाहरु एकीकृत रुपमा उपलब्ध गराउने उद्धेश्यले केन्द्र संचालनमा ल्याईएको हो ।
लैङ्गिक हिंसा न्यूनिकरण गर्नका लागि योगदान पु¥याउने उद्धेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार सिताराम प्रसाईं र रेखा राणाले सहजीकरण गर्नुभएको थियो । सहजीकरणमा बोल्दै प्रसाईले धेरै जसो लैङ्गिक हिँसा स्वाथ्य र प्रहरी कहाँ पुगेर न्यायीक उपचारको लागि पुग्ने भएको हुँदा प्रहरी र अस्पताल जिम्मेवार हुन आवश्यक रहेको बताउनु भयो । पिडीतलाई समयमा न्याय दिन नसक्नु नै सरकारको गम्भीर लापरभाई भईरहेको बताउँदै पिडीतलाई एक द्धार प्रणाली मार्फत जती सक्दो चाँडो न्याय दिन सरकारले एकद्धार प्रणाली अबलम्बन गरेको बताउनु भयो ।
कार्यक्रममा ढिलो न्यायीक निरुपण हुनु ,कानुनी उपचारका २२ प्रतिशत पिडीत मात्रै पुग्नुले पनि कानुनी उपचार विश्वासीलो बन्न नसकेको कार्यपत्र प्रस्तुत गरीएको हो । आर्थिक वर्ष ०७४÷ ०७५ मा मात्रै १३ हजार ४ सय लैङ्गिक हिँसा घटेको तथ्याङ्क सार्वजनीक गरीएको हो । त्यसमा १८ वर्ष भन्दा मुनीका किसोरीहरु बढी मात्रमा पर्ने गरेको पिडक आफन्त शिक्षक र छिमेकी रहेने गरेको पाइएको हो ।अहीले सम्म ४४ जिल्लामा एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना भईरहेको र बाँकी ८ जिल्लामा स्थापनाको क्रममा रहेको कार्यक्रममा जनाइएको हो भने दश जिल्लामा आगामी वर्ष स्थापना गरीने सहजकर्ता रेखा राणाले जानकारी दिनुभयो ।
पर्वतमा पनि महिलाहरुमा अशिक्षा र गरिबी र पछिल्लो समय सामाजिक सञ्जालका कारण महिलामाथि हिंसा बढ्दै गएको सहभागिहरुले बताएका हुन । यिनीहरुको व्यवस्थापनमा राज्यका निकाय थप संवेधनशिल हुन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समीती संयोजक मनोहर वि पौडेलले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधीश सुर्यबहादुर थापा, जिल्ला समन्वय समिती पर्वतका समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी, जिल्ला सरकारी वकिल स्वतन्त्र न्यौपाने, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगिनी, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोषी थपलिया, अस्पतालका मेडिकल कन्सल्टेन्ट एम.डी. जि.पी. बिष्णु भण्डारी लगायतको सहभागिता रहेको हो । कार्यक्रमको संचालन अस्पतालका नायव सुब्बा कुलप्रसाद लामिछानेले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७६ असार ५ गते बिहिबार ०१:४९