शुल्क उठाउने निर्णयबाट पछि हट्न बोर्डिङ सञ्चालकहरूलाई अनेरास्ववियूको आग्रह

शुल्क उठाउने निर्णयबाट पछि हट्न बोर्डिङ सञ्चालकहरूलाई अनेरास्ववियूको आग्रह

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ८ गते सोमबार ११:०२

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले निजी विद्यालय सञ्चालकहरूको संस्था नेशनल प्याब्सन र प्याब्सनलाई तत्काल शुल्क उठाउने निर्णयबाट पछि हट्न आग्रह गरेको छ। नेशनल प्याब्सन र प्याब्सनले आइतबार संयुक्त...

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले निजी विद्यालय सञ्चालकहरूको संस्था नेशनल प्याब्सन र प्याब्सनलाई तत्काल शुल्क उठाउने निर्णयबाट पछि हट्न आग्रह गरेको छ।

नेशनल प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर लकडाउन अवधिमा पनि विद्यार्थीलाई पढाएकोले शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेको थियो।

सोमबार अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले प्याब्सन र नेशनल प्याब्सनले अव्यवहारिक निर्णय गरेकोले फिर्ता लिन माग गरेका हुन्।

विद्यार्थी र अभिभावकहरूले भोगिरहेका संकटलाई वेवास्ता गर्दै विद्यालय सञ्चालकहरूले एकतर्फी रूपमा शुल्क बुझाउन उर्दी लगाएकोसमेत अनेरास्ववियूको भनाइ छ।

प्रकाशित मिति २०७७ असार ८ गते सोमबार ११:०२
प्रतिक्रिया दिनुहोस