अधिकारीको निधनप्रति कांग्रेस पर्वतद्धारा श्रद्धाञ्जली ब्यक्त

अधिकारीको निधनप्रति कांग्रेस पर्वतद्धारा श्रद्धाञ्जली ब्यक्त

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १५ गते सोमबार ११:४१

  पर्वत । नेपाली काँग्रेस पर्वतका कृयाशिल सदस्य खिलेन्द्र अधिकारीको निधन प्रती नेपाली काँग्रेस पर्वतले दुख ब्यक्त गरेको छ । मोदि गाउँपालिका ५ बाजुङ निवासी अधिकारीको ३३ वर्षको अल्पायुमै हटअट्याकका कारण शनिवार निधन भएको थियो...

 

पर्वत । नेपाली काँग्रेस पर्वतका कृयाशिल सदस्य खिलेन्द्र अधिकारीको निधन प्रती नेपाली काँग्रेस पर्वतले दुख ब्यक्त गरेको छ । मोदि गाउँपालिका ५ बाजुङ निवासी अधिकारीको ३३ वर्षको अल्पायुमै हटअट्याकका कारण शनिवार निधन भएको थियो ।

हिजो नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले अधिकारीको पार्थिव शरिरमा काँग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।

अधिकारीको निधन प्रती दुख ब्यक्त गर्दै नेता जोशीले अधिकारी कर्तब्यनिस्ट, इमान्दार र बफादार सिपाहिको रुपमा पार्टिको हितमा काम गर्ने इमान्दार ब्याक्ती गुमाएको धारणा राख्नू भयो ।

उहाँको निधनले अधिकारी परिवार मात्र नभएर,समाज र सिङ्गो पार्टी स्तब्ध भएको बताउनुभयो । नेपाली काङ्ग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले पार्टीले असल योद्धा गुमाएको भन्दै दुख ब्यक्त गर्नुभयो ।

अधिकारीलाई नेपाली काँग्रेसका पूर्व पार्टी सभापति नवराज गुरुङ, प्रदेश साँसद ललितकला गुरुङ, कुश्मा नगरपालिकाका उपमेयर सीताकापले लामिछाने,जिल्ला सदस्य डा ।

चुडामणी शर्मा, सरस्वती शर्मा जिज्ञासु,पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री लगायत नेताले श्रद्धाञ्जली दिनुभयो । शोक कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका पार्टी सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७७ भदौ १५ गते सोमबार ११:४१
प्रतिक्रिया दिनुहोस