रुसी अन्तरिक्ष संस्थाका प्रमुख भन्छन्ः सौर्यमण्डलको शुक्र रुसको ग्रह हो

रुसी अन्तरिक्ष संस्थाका प्रमुख भन्छन्ः सौर्यमण्डलको शुक्र रुसको ग्रह हो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ११:५१

रुसी अन्तरिक्ष संस्था रोसकोसमोसका प्रमुख दिमित्री रोगोजिनले सौर्यमण्डलको शुक्र ग्रह रुसको भएको बताएका छन्। रुसमा आयोजित अन्तर्राष्ट्रिय हेलिकप्टर प्रदर्शनी हेलिरसिया २०२० मा बोल्दै दिमित्री रोगोजिनले शुक्र ग्रह रुसको बताएको...

रुसी अन्तरिक्ष संस्था रोसकोसमोसका प्रमुख दिमित्री रोगोजिनले सौर्यमण्डलको शुक्र ग्रह रुसको भएको बताएका छन्।

रुसमा आयोजित अन्तर्राष्ट्रिय हेलिकप्टर प्रदर्शनी हेलिरसिया २०२० मा बोल्दै दिमित्री रोगोजिनले शुक्र ग्रह रुसको बताएको बताएका हुन्।

सो क्रममा उनले रुस र अमेरिकाले मिलेर संयुक्त रुपमा ‘भेनेरा–डी’ मिसन अन्तर्गत शुक्रमा अन्तरिक्षयान पठाउने पनि बताए।

उनले रुसले आफैंले पनि शुक्रमा अन्तरिक्ष यान पठाउने योजना भएको जानकारी दिएका थिए।

दिमित्री रोगोजिन

उनले भनेका छन्,‘शुक्र ग्रहमा अन्वेषण गर्ने रुसको एजेन्डा हामी सुचारु गर्दैछौं।

सोही क्रममा उनले भनेका थिए,‘हामीलाई लाग्छ शुक्र रुसको ग्रह हो। त्यसैले हामी यसमा अनुसन्धान गर्न अरुभन्दा पछाडि पर्नु हुँदैन।’

युरोपियन स्पेस एजेन्सीका अनुसार रुसले शुक्र ग्रह सम्बन्धी महत्वपूर्ण अनुभव बटुलेको छ। रुसले सन् १९६७ र १९८४ मा गरेको शुक्र ग्रह सम्बन्धी अनुसन्धान अन्तर्राष्ट्रिय जगतका लागि लाभदायी भएको बताइएको छ। सीएनएन

 

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ११:५१
प्रतिक्रिया दिनुहोस