जन्मदिनमा पर्वत अस्पतालको अक्षकोषमा सहयोग

जन्मदिनमा पर्वत अस्पतालको अक्षकोषमा सहयोग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २० गते मङ्गलबार ०१:२५

  पर्वत, असोज २० । यहाँका एक ब्यवसायीले जन्मदिनको अवसरमा जिल्ला अस्पताल पर्वतले स्थापना गरेको गरिव असहाय लक्षित बिपद कोषमा आर्थिक सहयोग गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ घर भई हाल सदरमुकाम कुश्मा बजारमा ब्यवसाय...

 

पर्वत, असोज २० । यहाँका एक ब्यवसायीले जन्मदिनको अवसरमा जिल्ला अस्पताल पर्वतले स्थापना गरेको गरिव असहाय लक्षित बिपद कोषमा आर्थिक सहयोग गरेका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ घर भई हाल सदरमुकाम कुश्मा बजारमा ब्यवसाय गर्दै आउनुभएका विर बहादुर क्षेत्रीले जन्मदिनको अवसर पारेर आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

उहाँले अस्पतालका गतिविधि र सुधार अभियानबाट प्रभावित भएर स्वत स्फूर्त रुपमा सम्पर्कमा आई ५ हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक प्रदान गरेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।

अस्पतालमा स्थापना भएको कोषमा संकलन हुने कुल रकमलाई लामो अवधिको मुद्धति खातामा राखेर व्याजबाट सहयोग गर्ने गरि यो पूँजीलाई दिर्घकालिन बनाउने योजना बनाएको अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । पहाडीका अनुसार हाल सम्म बिपद कोषमा १७ लाख रकम जम्मा भईसकेको छ । कोषमा देश बिदेशमा रहेका शुभेच्छुकहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मङ्गलबार ०१:२५
प्रतिक्रिया दिनुहोस