सेयर बजार र लगानीकर्ताको बारे जानाकारी गराउने उद्धेश्यले पर्वत जेसिजले सेयर तालिम आयोजना गरेको छ । जेसिजको सचिवालयमा पर्वत जेसीजको आयोजना रं दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि.को प्राबिधिक सहयोगमा एकदिने आधारभुत सेयर तालिम सप्पन्न सम्पन्न गरेको हो ।उक्त तालिममा सेयर लगानि फाईदा , कारोवार ,कसरी गर्नै लगाएतका कुरा तालिममा दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि. बागलुङका इन्चार्ज एवं पर्वत जेसीजका सह(शाखा सम्पादक जेसी कुमार शर्माले तालिममा सहजीकरण र्गनु भएको हो ।
शर्माले शेयर बजारमा गरिने लगानीले राम्रो आम्दानी हुने र आफ्नो लगानि नडुब्ने र सवैजना लाई सेयर बजारमा कारबार गर्न आग्रह र्गनु भएको थियो । बजार र सुचिकृत कम्पनीका सम्बन्धमा पर्याप्त जानकारी संकलन गर्ने चलन नहुँदा कतिपय लगानीकर्ताले आम्दानी गर्न नसकेको उहाको भनाई थियो ।
त्यस्तो अवस्था अन्त्य गर्नका लागि सेयर सम्बन्धि तालिमहरु प्रभावकारी हुने र्शमाले बताउदै बजारको सुक्ष्म अध्ययनमा लगानीकर्ता अभ्यस्त हुने बताउनु भएको थियो।आवश्यक आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको अध्यक्ष रामु र्शमाले धौलागिरि मिडियालाई जानाकारी दिनुभएको छ ।
पर्वत जेसीजका अध्यक्ष जेसी रामु शर्माको अध्यक्षतामा सम्पन्न तालिममा स्वागत तालिम निर्देशक जेसी गणेश पौडेल,शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष जेसी मोहन आचार्य , आफ्नो सेयर बजार अनुभव अध्यक्षिय सल्लाहकार जेसी केदारनाथ आचार्य र कार्यक्रम सन्चालन महासचिव जेसी सुमन श्रेष्ठले गर्नु भएको थियोे ।उक्त तालिममा ३० जना भन्दा बढी युवाहरको सहभागिता रहेको थियो।यस अघि पनि जेसिज ले धेरै तालिम र समाज सेवी काम र्गर्दै आएको छ।
प्रकाशित मिति २०७६ चैत १ गते शनिवार ०२:०४