पर्वतमा पनि कोरोनाको त्रासमा जिल्लाका सवै ब्यवसाय बन्द

पर्वतमा पनि कोरोनाको त्रासमा जिल्लाका सवै ब्यवसाय बन्द

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ चैत १२ गते बुधबार ०९:१९

पर्वतमा पनि कोरोनाको त्रासमा जिल्लाका सवै ब्यवसाय बन्द भएका छन्ल कोरोना कोवीड १९ को त्रासाका कारण सरकारले गएको आईतबार देखी देशै भर लक डाउन गरेसँगै अन्तर जिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने...

पर्वतमा पनि कोरोनाको त्रासमा जिल्लाका सवै ब्यवसाय बन्द भएका छन्ल कोरोना कोवीड १९ को त्रासाका कारण सरकारले गएको आईतबार देखी देशै भर लक डाउन गरेसँगै अन्तर जिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएका हुन । पर्वत सदरमुकामका व्यवसाय पनि दुई दिन देखी लक डाउनको अवस्थामा रहेका हुन । सरकारकाले गरेको निर्णय समर्थन गर्दै जिल्लाका कुनै पनि कल कारखाना तथा व्यापार व्यवसाय लक डाउनका कारण बन्द रहेका हुन । आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गरिने निर्णय भएको भएपनि कोरना त्रासका कारण जिल्ला स्थिती सबै व्यापार व्यवसाय बन्द जस्तै रहेका छन ।

पर्वतमा बसेको विपद् ब्यवस्थापन समितिको वैठकले दुध, तरकारी, फलुफुल औषधी पसल, पेट्रोलियम पदार्थहरु बाहेक सवै पसल बन्द गर्ने निर्णय गरेको थियो । तर कोरोना त्रास बढेसँगै व्यापारीहरुले सबै पसल दिनभर जसो बन्द गरीएका छन । पोखरा वाग्लुङ राजमार्गसँग जोडीएको सदरमुकाम कुश्मामा सवारीको दर समेत न्युन रहेको छ । सरकारले अन्तर जिल्ला लामो तथा छोटो दुरीका सवारी साधन गुडेका छैनन । माल बहाक सवारी भने गुड्न कुनै बाधा नभएको प्रहरी नायव उपरिक्षक श्यामु अर्याले बताउदै जिल्ला भित्रका दुध तरकारी , एम्बुलेन्स जस्ता अत्य आवश्यक सवारी गुढेको अन्य सवारी भने नगुडेको अर्यालको भनाई छ। रामार्गमा प्रहरीले नाकाम चेक जाँचलाई कडाई गरीरहेको जनाएको छ ।। औषधि पसल , निजी अस्पताल मेडीकल तथा दैनीक उपभोग्य सामानका व्यवसायहरु पुर्ण रुपमा बन्द गर्दा सर्बसाधरणमा खाध्यन्नको अभाव बढने देखीएको हो । सरकारले अत्य आवश्यक खाध्यन्न तथा औषधिका पसलहरु खोल्न निर्देशन गरेको भएपनि कोरोनाको त्रास तिब्र बढदै जाँदा जिल्ला सदरमुकामका सबै सेवाहरु पुर्ण तया बन्द जस्तै देखीएका हुन ।

प्रकाशित मिति २०७६ चैत १२ गते बुधबार ०९:१९
प्रतिक्रिया दिनुहोस