गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १३ गते सोमबार १२:३३

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ। टेलिकमका सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै अफर सार्वजनिक गरेको हो। जसअनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ। यो सेवा...

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ।

टेलिकमका सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै अफर सार्वजनिक गरेको हो। जसअनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ।

यो सेवा जेठ १४ देखि १६ गतेसम्म तीन दिनसम्म लिन सकिने छ र त्यसको एक हप्तासम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

टेलिकमले ल्याएको विभिन्न योजनामध्ये यो योजना अहिलेसम्मको सर्वाधिक सस्तो योजना भएको बताइएको छ।

ग्राहकले यो सेवा लिनका लागिग *१४१५# डायल गर्नुपर्ने छ।

प्रकाशित मिति २०७६ जेठ १३ गते सोमबार १२:३३
प्रतिक्रिया दिनुहोस